नियम १०५
विभागीय जाँचबुझ गराउनु नपर्ने
देहायको अवस्थामा सजायको आदेश दिन पाउने
अधिकारीले कुनै कर्मचारीलाई देहायको विभागीय सजाय गर्ने सम्बन्धमा विभागीय
जाँचबुझ गराई रहनु पर्ने छैन ः–
(क) ऐनको दफा ७२ को खण्ड (क) बमोजिमको सामान्य सजाय गर्नु परेमा ।
(ख) भागी पत्ता नलागेको वा अरू कुनै कारणले सम्पर्क स्थापित गर्न
असम्भव भएको कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा ।
(ग) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट अपराधी प्रमाणित
भएको आधारमा कुनै कर्मचारीलाई विभागीय सजाय दिनु परेमा ।